२२ बुँदे हेर्ना साथ तर्सिए सरकारी प्रतिनिधि


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

डा. गोविन्द केसी र सरकारी वार्ता टोली सहमतिका नजिक पुगेको बताईएपनि त्यस्तो कुनै प्रगति नभएको बताईएको छ ।

योसँगै जारी संवाद पनि टुटेको छ । अब कहिले संवाद हुने भन्ने पनि यकिन छैन । वार्तामा सहभागि केसीका प्रतिनिधि डा. जीवन क्षेत्रीले वुधबार भएको वार्तामा सरकारी टोली विषयवस्तुमा प्रवेश गर्नै चाहेन–भने ।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता सुवास नेम्वाङले छलफलको वातावरण बनाईदिए पनि सरकारी वार्ताटोली केसीको मूल माग अर्थात् चिकित्सा शिक्षा विधेयकमा सुधार गर्नुपर्ने विषयवस्तुमा प्रवेश गर्नै मानेन । वुधबारको वार्तामा के भो त कुरा ? जवाफमा उनले भने, ‘बाहिर बाहिरै कुरा भयो । मंगलबार राति जुन सहमति भएको थियो । त्यही अनुसार हामीले विधेयकका सुधार गरिनुपर्ने २२ बुँदे पठायौँ । त्यो विषयमा सरकारी टोली प्रवेशै गर्न चाहेन ।’ मानौ सरकारी टोली फुकि फुकि पाईला चालिरहेको छ ।

डा. केसीतर्फका वार्ताकारहरुले यही असहयोगि रवैया रहिरहे वार्तामा नबस्ने घोषणा समेत गरेका छन् । संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयकका विभिन्न २२ बुँदामा डा. केसीका माग सम्बोधन हुने गरी संसोधन गर्न सरकार तयार नभएको भन्दै डा. केसी पक्षीय वार्ता टोलीले विज्ञप्ति नै निकालेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी पक्षले डा. केसीका अन्य मागबारे लचकता अपनाउन सकिने भएपनि राजधानीमा १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने विषय मान्न नसकिने अडान कायमै राखेको छ ।

वार्ताको मध्यस्थता गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता सुवास नेम्वाङले संसदको क्षेत्राधिकार सरकारले मिच्न नमिल्ने तर्क गरेका छन् ।

विधेयकमा सुधार गर्न भनी केसी पक्षले पठाएको २२ बुँदे






के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com