चितवन झडपः १४ प्रहरी र २ आन्दोलनकारी घाइते


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

चितवनमा तीन पाङ्ग्रे सवारी साधनका चालकरहरु र प्रहरीबीच झडप हुदाँ १६ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयको विरोधमा उत्रिएका मजदुर र प्रहरीबीच आज झडप हुदाँ १४ जना प्रहरी र २ जना आन्दोलनकारी घाइते भएका छन् ।

आन्दोलनकारी आक्रमक भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सय भन्दा बढी सेल अश्रुग्यास र १० राउण्ड हवाईफायर गरेको थियो । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

उनको खुट्टामा गोली लागेको र अहिले भरतपुरमा उपचार भइरहेको छ । प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने, मोटरसाइकलमा आगजनी गर्ने र प्रहरी कार्यालयमै आक्रमण गर्न थालेपछि बाध्य भएर हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले बताए ।

राजमार्ग अवरुद्ध गरेर बिरोध गरेका आन्दोलनकारीलाई सडकबाट हटाउने क्रममा झडप भएको थियो । आक्रोशित आन्दोलनकारीले एक मोटरसाइलमा आगजनी गर्नुको साथै एउटा कारमा समेत तोडफोड गरेका छन् ।

प्रहरी र आन्दोलनकारीबिचको झडपले करिब २ घण्टा पूर्र्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com