पाकिस्तानको मतदान केन्द्र नजिकै बम बिस्फोट, २५ को मृत्यु


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

पाकिस्तानमा अहिले राष्ट्रिय र प्रान्तीय एसेम्बलीका लागि मतदान जारी छ । यसै क्रममा क्वेटामा आम चुनावका लागि मतदानको क्रममा एक मतदान केन्द्र नजिक भएको बम बिस्फोटमा कम्तिमा २५ को मृत्यु भएको छ ।

बीबीसी उर्दू संवाददाता मोहम्मद काजिमका अनुसार यो बिस्फोट पूर्वी बाइपासमा बनेको मतदान केन्द्र नजिकै भएको हो ।

सोल अस्पतालका प्रवक्ता वसीम बेगले बीबीसीसँगको कुराकानीमा २५ जनाको मृत्यु र २८ घाइते भएका पुष्टि गरेका छन् । मृत्यु हुनेमा पुलिस अधिकारी पनि रहेको बताइएको छ ।

यस्तै, सिन्ध प्रान्तको लाडकानामा पिपल्स पार्टीको पोलिंग क्याम्पबाहिर भएको बिस्फोटमा तीन कार्यकर्ता घाइते भएका छन् । बीबीसी उर्दू संवाददाता रियाज सोहैलका अनुसार लाडकानाका शाह मुहम्मद पोलिंग स्टेशनबाहिर बनेको पीपीपीको पार्टी क्याम्प बाहिर बिस्फोट भएको थियो ।

घाइतेलाई अस्पताल पुर्याइएको छ र पीपीपीका अनुसार यो चरमपन्थी हमला हुनसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com