जिब्रोमुनि लुकाएर पनि सुन तस्करी


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

घटना–१
गत असार २१ गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ५७५ मा दुबईबाट भारतीय नागरिक जलालुदिन मोहम्मद र अरसद चोलाइल त्रिभुवन विमानस्थलमा ओर्लिए । विमानस्थलबाट बाहिरिँदा उनीहरुको गतिविधि शंकास्पद लागेपछि प्रहरीले चेकजाँच सुरु गर्यो । जाँचका क्रममा उनीहरुको साथबाट १६ टुक्रा विष्कुट सुन बरामद भयो, जसको परिमाण १ हजार ८ सय ६४ ग्राम थियो । उनीहरुले सुन आफ्नो मलद्वारमा लुकाएर ल्याएका थिए । त्यो सुन चिकित्सकको सहयोगमा मलद्वारबाट महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले झिकेको थियो ।

घटना–२
साउन २ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३९ बाट यूएईको सारजहाँबाट भारतीय नागरिक फैजन खान, अदिल र सैयद मोहम्मद काशीफ त्रिभुवन विमानस्थलमा अवतरण गरे । उनीहरुबाट पनि विमानस्थल प्रहरीले बटनको स्वरुप बनाएर मुखभित्र जिब्रोमुनि लुकाएर ल्याएको अवस्थामा ५५९ ग्राम सुन बरामद गर्यो ।

घटना–३
साउन ५ गते थाई एयरको फ्लाइट नम्बर टिजी ३१९ बाट थाइल्याण्डको बैंककबाट भारतीय नागरिक इमरान र आरिफ अली नेपाल आए । प्रहरीलाई उनीहरुले सुन तस्करी गरिरहेको पूर्व सूचना थियो । त्यही सूचनाको आधारमा प्रहरीले उनीहरुलाई चेकजाँच गर्यो । चेकजाँचका क्रममा उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा २ किलो ६ सय ७० ग्राम सुन फेला पर्यो ।

घटना–४
साउन ७ गते थाई एयरको फ्लाइट नम्बर टिजी ३२० बाट थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका पाँच जना भारतीय नागरिक ३ किलो ३६ ग्राम सुनसहित पक्राउ परे । भारतीय नागरिक अमृत पल सिंह, ईश्वर दास, अवतार सिंह, हरमिन्द्र सिंह र रिजवत अन्सारीले सुटकेसको पाङ्ग्राभित्र लुकाएर सुन तस्करी गरिरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी प्रतिनिधिमूलक उदाहरणमात्रै हुन् । यीबाहेक महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न समयमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सुन तस्करी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेश फर्किंदा गहनाको रुपमा प्रयोग गरे नेपाल पुर्याइदिने र त्यसबापत कमीसन दिइने गरिन्छ । यस्तो कार्यका लागि एउटा गिरोह नै संग्लन हुन्छ ।

प्रहरीका अनुसार सुरुमा विदेशबाट नेपाल आउने कामदार खोजिन्छ । कामदार खोजेपछि उनीहरुको फोटो र पासपोर्ट नम्बर लिइन्छ । उनीहरु त्यहाँबाट नेपालका लागि उडेपछि विदेशमा रहेको समूहले नेपालमा रहेको आफ्नो गिरोहलाई फोटो, पासपोर्ट नम्बर पठाउँछ । त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि उनीहरुले त्यही फोटो र नम्बरको आधारमा व्यक्तिको पहिचान गर्ने गर्छन् । यसरी दैनिक सुन तस्करी सुक्ष्म तरिकाले भइरहेकै हुन्छ । यस्तो कार्यमा महिला र पुरुषको समेत प्रयोग हुने गरेको पाइन्छ ।

तस्करीमा अधिकांश भारतीय नागरिक
विमानस्थल प्रहरीले पछिल्लो चार पटक समातेको सुनमा भारतीय नागरिककै संग्लनता रहेको देखिन्छ । किन भारतीय नागरिक बढीजसो सुन तस्करीमा हुन्छन् त ? यसबारे प्रहरी अधिकारी बोल्न भने चाहँदैनन् ।

प्रहरी स्रोतका अनुसार खुला सीमानाका कारण भारतीय नागरिकलाई तस्करी गरेर ल्याएको सुन भारत पास गर्न सहज हुन्छ । अर्को कारण भनेको भारतीय नागरिक पक्राउ परिहाले पनि तस्करी गर्ने गिरोहको अनुसन्धान गर्न गाह्रो हुन्छ । त्यसकारण पनि गिरोहले भारतीय नागरिकको प्रयोग गर्दै आएको छ ।

विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनाली प्रहरी सक्रियताले विमानस्थलबाट सुन तस्करीमा संलग्नहरु धमाधम समातिन थालेको बताउँछन् । उनले भने, ‘‘प्रहरी सक्रियता बढाएका छौं, तस्करविरुद्ध प्रहरी कठोर भएर लागेको छ ।’’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com