अमेरिकाबाट ४६३ बाबुआमा बालबालिकाविनै डिपोर्ट


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

सिमाक्षेत्रबाट अमेरिका छिरेका ४६३ जना कागजपत्रविहिन बाबुआमाहरु बलबालिकाहरु विना नै अमेरिकाबाट देशनिकाला गरिएको खुलासा भएको छ । सोमबार गरिएको कोर्ट फाइलिङका अनुशार सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेका ४६३ जना बाबुआमाहरुले आफ्ना छोराछोरीहरुलाई अमेरिकामा नै छाडेर अमेरिकाबाहिर गएको उल्लेख गरिएको छ ।

फाइलिङमा ४६३ जना बाबुआमाले किन अमेरिका छाडे भन्ने उल्लेख गरिएको छैन । तर सरकारी अधिकारीहरुले यस अगाडि नै कैयन बाबुआमालाई उनीहरुका छोराछोरी विना नै अमेरिकाबाट देशनिकाला गरिएको स्वीकारेका कारण उनीहरु देशनिकालामा परेको स्पष्ट भएको छ ।

अमेरिकी हिराशतमा रहेका कागजपत्रविहिन बालबालिकाहरुलाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउने प्रकृया चलिरहँदा बाबुआमाहरुलाई भने अमेरिकाबाट पहिले नै देशनिकाला गरिसकिएको पुष्टी भएको हो ।

सोमबारसम्म अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट अलग्याइएर हिराशतमा राखिएका १२ सय बालबालिकाहरुलाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराइएको छ । ५ बर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिकाहरुलाई ट्रम्पको कार्यकारी आदेश र अदालतको आदेश अनुशार पुनर्मिलन गराइएको हो ।

बाबुआमा र बालबालिकाबीचको सम्बन्ध पुष्टी हुन नसकेको भन्दै अमेरिका छिर्न खोज्ने कागजपत्रविहिन बालबालिबाहरुलाई छुट्टै हिराशतमा राखिदै आएको थियो । बाबुआमाबाट अलग भएका बालबालिकाहरुलाई पुनर्मिलन गराउनुपर्ने अदालतको डेडलाइन दुई साता अगाडि नै सकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com