अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका १२ सय बालबालिकाको पुनर्मिलन


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट अलग्याइएर हिराशतमा राखिएका १२ सय बालबालिकाहरुलाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराइएको छ । ५ बर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिकाहरुलाई ट्रम्पको कार्यकारी आदेश र अदालतको आदेश अनुशार पुनर्मिलन गराइएको हो ।

बाबुआमा र बालबालिकाबीचको सम्बन्ध पुष्टी हुन नसकेको भन्दै अमेरिका छिर्न खोज्ने कागजपत्रविहिन बालबालिबाहरुलाई छुट्टै हिराशतमा राखिदै आएको थियो । बाबुआमाबाट अलग भएका बालबालिकाहरुलाई पुनर्मिलन गराउनुपर्ने अदालतको डेडलाइन दुई साता अगाडि नै सकिएको छ ।


अदालतले ५ बर्ष मुनीका बालबालिकाहरुलाई बाबुआमासँग पुनर्मिलन गराउने डेडलाइन जुलाई १० सम्मका लागि तोकेका थियो । त्यस्तै ५ बर्षमाथिका बालबालिकाहरुलाई बाबुआमा वा अभिभावकसँग पुनर्मिलन गराउने म्याद जुलाई २६ सम्म रहेको छ ।

बाबुआमाको सुनिश्चत नभएको खण्डमा, बाबुआमालाई अपराधको अभियोगको लागेको खण्डमा बालबालिकाहरुलाई अमेरिकी सरकारले अलग हिराशतमा राख्दै आएको छ । यसरी बाबुआमाबाट अलग राखिएका २५५१ ज्ना बालबालिकाहरुमध्ये ११८७ जनालाई बाबुआमा वा अभिभावकसँग पुनर्मिलन गराइएको हो ।

झण्डै १६ सय बालबालिकाहरु यसरी पुनर्मिलनका लागि योग्य रहेको जनाइएको छ । तर झण्डै ९ सय बालबालिकाहरु भने पुनर्मिलनका लागि योग्य नहुने जनाइएको छ । ५ सय भन्दा धेरै बालबालिकाहरुबारे छानविन भइसकेको र उनीहरु यातायातका लागि कुरिरहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com