पहिलो पटक मलेरिया को नयाँ औषधि स्वीकृत
प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार
अमेरिकी औषधि नियामक निकायका अधिकारीले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन् ।
टाफेनोक्विन नामक सो औषधीले एकै डोजमा भाइभ्याक्स् नामक औलो रोग निर्मुल पार्न सक्ने नियामक अधिकारीको दावी छ ।
औलो रोगविरुद्ध ६० वर्षपछि नयाँ औषधि स्वीकृत गरिएको हो । भाइभ्याक्स् औलोले विश्वमा वर्षेनी ८५ लाख मानिस प्रभावित हुने गरेका छन् । भाइभ्याक्स औलोका बिरामीले औषधि सेवन गरेपनि कलेजोबाट परजिवी पूर्णरुपमा नहट्ने र रोग बल्झिरहने समस्या हुन्छ ।
तर, नयाँ स्वीकृत गरिएको औषधीले कलेजोबाटै परजिवी निर्मुल पार्ने बैज्ञानिकले दावी गरेका छन् । यस्तो प्रकारको मलेरियाको संक्रमण दक्षिण अमेरिका र दक्षिण तथा पूर्वी एसियामा अत्यधिक छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






