घाइतेको मृत्युपछि तुलसीपुर सिटी अस्पतालमा तनाव


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका केबल बस्नेतको मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका छन्। ट्याक्टरको ठक्करबाट घाइते भएका बस्नेतको तुलसीपुरस्थित एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

पश्चिम दाङको हापुरेबाट बबई गाउँपालिका-४ चरकमटीयातर्फ आउँदै गरेको भे १ त ६०९१ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको रा १ प ६४९० नम्बरको मोटरसाइकललाई चरकमटियामा ठक्कर दिँदा बबर्इ-७ का ३० वर्षीय बस्नेत घाइते भएका थिए।

तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित भएका हुन्। गम्भीर घाइते भएर अस्पताल भर्ना गरिएका बस्नेतलार्इ अन्य अस्पतालमा रिफर गर्न नपर्ने बताएको अस्पतालले केही समयपछि मृत घोषित गरेको थियो।

बस्नेतलार्इ मृत घोषित गरेलगत्तै आफन्त अक्रोशित बनेको बताइएको छ। प्रहरीले स्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। आफन्तहरूले भने चिकित्सकको लापरवाहीका कारण बस्नेतको मृत्यु भएको भन्दै दोषी चिकित्सकलार्इ कारबाही गर्न माग गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com