विवादास्पद भनाइपछि कानुन मन्त्री तामाङले दिए राजीनामा


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीबारे विवादस्पद अभिव्यक्तिपछि विवादित बनेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्।

मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पद त्याग्न निर्देशन दिए लगत्तै उनले मंगलबार राजीनामा दिएका हुन्। मन्त्री तामाङले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मंगलबार रुँदै राजीनामा दिएका हुन्।

सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उनले पद त्याग गरेको घोषणा गरे। मन्त्री तामाङले बंलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति आइतबार नै माफी मागिसकेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले जीवनभर महिलाकै पक्षमा संघर्ष गरेको बताउँदै बंगलादेशमा अन्यायमा परेका नेपाली चेलीबारे बोल्दा केही शब्दका कारण परेको चोटप्रति माफी माग्दै पद त्याग गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवादास्पद भनाइपछि कानुन मन्त्री तामाङले दिए राजीनामा
मन्त्री तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको समृद्धितर्फको यात्रालाई सफल बनाउन पनि आफूले नैतिकताका आधारमा पदमा बसिरहन उचित नठानेकाले बताए।

तामाङले आफ्नो छोटो कार्यकालमा १६ वटा भन्दा धेरै कानुन बनिसकेको बताउँदै यो अवसरका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए। तामाङले अदालतदेखि सरकारी निकायमा भइरहेको वैदेशिक लगानी एकद्वार प्रणालीबाट ल्याउन आफूले गरेको पहलका कारण केही पक्षले षड्यन्त्र गरेको पनि आरोप लगाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com