११ हजार ६ सय १० जना नेपालीलाई अमेरिकाको ग्रिनकार्ड !


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

गत आर्थिक बर्षमा झण्डै ४० हजार नेपालीहरु कानुनी रुपमा नै भिजिटर लगायतका गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार गत आर्थिक बर्षमा ३९ हजार ६१ जना नेपालीहरु बिभिन्न नाकाबाट कानुनी रुपमा गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेका छन् । यो तथ्यांक आइ ९४ को आधारमा तयार गरिएको हो ।

पहिलो तीनमहिनामा ८ हजार ७ सय ८७ जना नेपालीहरु अमेरिका छिरेका थिए । राष्ट्रपति ट्रम्पले कार्यकाल सम्हालेपछिको तीनमहिनामा भने ७ हजार ५३ जना नेपालीहरु अमेरिका प्रवेश गरेका थिए । त्यसपछिको तेश्रो तीनमहिनामा १० हजार ३ सय ३८ नेपाली अमेरिकामा आए भने चौथो तीनमहिनाको अवधिमा १२ हजार ८८३ जना नेपालीहरु गैरआप्रवासी भिसामा अमेरिका आएमा थिए । आप्रवासी भिसामा अमेरिका आउनेहरुको विवरण अलग्गै रहेको छ ।

त्यो बाहेक गत आर्थिक बर्षमा अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ११ हजार ६ सय १० रहेको थियो । जसमध्ये ग्रिनकार्ड पाउने गरी अमेरिका आउनेहरु ६ हजार ६४ जना रहेका थिए भने अमेरिकामा नै रहेर ग्रिनकार्डमा स्टेटस एड्जस्ट गर्नेहरु ५ हजार ५ सय ४६ जना रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत आर्थिक बर्षको पहिलो तीनमहिनामा ३०३२, दोश्रो तीनमहिनामा २७९८, तेश्रो तीनमहिनामा ३०८७ र चौथो तीनमहिनामा २६९३ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । आर्थिक बर्ष २०१८ को पहिलो तीनमहिना मात्र २७६५ जना नेपालीहरुले अमेरिकी ग्रिनकार्ड पाएका छन् । जसमध्ये नयाँ आउनेहरु १५३० जना र स्टेटस एड्जस्ट गर्नेहरु १२ सय ३५ जना रहेका छन् ।

गत आर्थिक बर्षमा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ३ हजार ९ सय रहेको थियो । पहिलो तीनमहिनामा ४८९ जना, दोश्रो तीनमहिनामा ८८७ जना, तेश्रो तीनमहिनामा ११ सय ८० जना र चौथो तीनमहिनामा १३४४ नेपालीहरुले अमेरिकी नागरिकता लिए । आर्थिक बर्ष २०१८ सुरु भइसकेपछि पनि पहिलो तीनमहिनामा ७८५ जना नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com