ग्रिसमा भीषण आगलागी, २० जनाको मृत्य


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

ग्रिसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म कम्तिमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् । मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा लागेका छन् ।

आगलागी भएको क्षेत्रमै हराएका १० जना पर्यटकको खोजी तथा उद्धार अभियान पनि जारी छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि मानवीय रुपमा सम्भव भएका सबै प्रयास आफूहरुले गरिरहेको बताएका छन् । उनले आगलागीले भीषण रुप लिएपछि बोसनियाको निर्धारित औपचारिक भ्रमण रद्द गरेको छन् ।

आगो नियन्त्रणमा लिन निकै गठीन रहेको अग्निनियन्त्रकले बताएका छन् । मंगलबार बिहानै सरकारका प्रवक्ता डिमिट्रिस जानाकोपोउलोसले ज्यान गुमाउनेको संख्या २० नाघेको पुष्टि गरेका हुन्।

ज्यान गुमाउनेमा राजधानी एथेन्सबाट ४० किलोमिटर उत्तर–पूर्वमा समुद्र किनारमा रहेको मातीको रिसोर्टमा फसेकाहरु रहेका छन् । उनीहरु कि कार कि घरमै मरेका हुन् । आगलागीका कारण १०४ जना भन्दा धेरै घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com