न्युतम ४ महिना रोजगारी दिने तयारीमा सरकार, नभए २ महिना बेराेजगार भत्ता!


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ।

वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट जानकारी दिएका छन्।

सरकारले आगामी पाँच वर्षमा बाध्यताले कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजार कार्यक्रम ल्याइएको उनको भनाइ छ।

मुलुकका ७५३ वटै स्थानीय तहमा एक साथ सञ्चालन गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रतिपरिवार एक सदस्यलाई सरकारले रोजगारको ग्यारेन्टी गर्ने बताइएको छ। रोजगार दिन नसकेमा ६० दिनको निर्वाह भत्ता उपलब्ध गराइने बताइएको नयाँ पत्रिका दैनिकमा खबर छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com