एक वर्षमा ३० अर्ब रुपैयाँको चामल आयात


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

नेपालमा ३१ लाख हेक्टरमा खेतीयोग्य जमिन रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ। त्यसमध्ये करिब १६ लाख हेक्टरमा धान खेती हुन्छ। अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ। यसको बजार मूल्य एक खर्बभन्दा बढी हुन आउँछ।

तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग नपुग्ने कारण हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको चामल आयात भइरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। आर्थिक वर्ष २०७४/७५ मा करिब ३० अर्ब रुपैयाँको चामल आयत भएको अनुमान छ। मन्त्रालयको तथ्यांकअनुसार स्वदेशी माग धान्न वार्षिक ६१ लाख ३८ हजार टन धान उत्पादन हुनु आवश्यक छ। तर, गत वर्ष ५२ लाख ३० हजार मात्र उत्पादन भएको छ।

त्यस्तै मकै साढे चार टन, गहुँ दुई लाख अपुग छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com