बेलायती विश्वविद्यालयमा बाबुराम


प्रकाशित मिति : कार्तिक ३०, २०७३ मंगलबार

 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतको लण्डनस्थीत लण्डन स्कुल अफ इकोनोमिक्समा सम्बोधन गर्नुभएको छ ।

लण्डन स्कुल अफ इकोनोमिक्समा डाक्टर बाबुराम भट्टराईले विद्यार्थी, बुद्धिजीवीहरु र विज्ञहरुमाझ नेपालका लागि नयाँ राजनीति र नीतिबारे बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न देशबाट आएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै उहाँले नेपालमा माओवाद लागु गर्नसक्ने अवस्था नरहेकाले नेपाल अब आफ्नै मौलिकतामा सम्मुनत समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो । तत्कालका लागि बाह्य र आन्तरिक पूजी परिचालन गरेर नेपालमा आर्थिक बृद्धि र प्रतिव्यक्ति आय बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सोधेका प्रश्नको जवाफ दिदै विगतको माओवादीले अगाडि सारेको एजेण्डा पूरा भइसकेकाले आफू माओवादी छाडेर नयाँ एजेण्डाका साथ नयाँ शक्तिमार्फत अगाडि बढेको उहाँले बताउनुभयो ।

डाक्टर बाबुराम भट्राईको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोला । 

माओवादीमा रहँदा नयाँ ढंगबाट अगाडि बढ्ने आफ्नो एजेण्डा लागु गर्ने प्रयास सफल नभएपछि नयाँ शक्तिमार्फत त्यो एजेण्डा पूरा गर्नेमा आफू प्रयत्नशील रहेको उहाँको भनाई थियो ।

विदेशमा रहेका विश्वविद्यालयहरुमा अध्ययनरत युवा विद्यार्थीहरुबाट आफूले पनि सिक्न चाहेको बताउँदै उहाँले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनपछि नेपालमा फर्केर राष्ट्र निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रमको संचालन लण्डन स्कुल अफ इकोनमिक्सका प्रोफेसर माइकल हट र त्यस अन्तरगतको साउथ एसिया सेन्टरका डेपुटी डाइरेक्टर निलाजन सरकारले गर्नुभएको थियो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका नेताहरु नवराज सुवेदी, मदनकुमार राई, कमला गुरुङ र शंकर भण्डारी लगायत उपस्थीत हुनुहुन्थ्यो ।

कार्यक्रममा केही झलक

img_0485

img_0488

img_0489

img_0490

img_0492

img_0493

img_0494

img_0495

img_0496

img_0498

img_0499

img_0500

img_0502

img_0503

img_0504

img_0505

img_0506

img_0507

img_0509

img_0510

img_0511

img_0513

img_0514

img_0519

img_0521

img_0522

img_0523

img_0524

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com