मलेरिया निको पार्ने नयाँ औषधि पत्ता लाग्यो


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ ।

अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् । वैज्ञानिकले यो औषधिलाई ठूलो उपलब्धि भनेका छन् ।

यो औषधि विश्वभरका बिरामीलाई दिन सकिने विकल्प तयार भएको अधिकारीले बताएका छन् । अहिले बजारमा उपलब्ध प्राइमाक्विन भनिने औषधि बिरामीले १४ दिनसम्म लिनु पर्ने हुन्छ । तर त्यो लिएपछि पनि औलो रोग बल्झिने गरेको भन्दै विज्ञहरूले चिन्ता जनाएका थिए ।

विज्ञहरूले नयाँ औषधि प्रभावकारी छ तर ग्रन्थीको समस्या र मानसिक रोग भएका बिरामीलाई टाफेनोक्वाइनले साइड इफेक्ट अर्थात् नकारात्मक असर पु¥याउन सक्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com