क्यानडाको रेष्टुरेन्ट बाहिर गोलीबारीः ९ जना घाइते, बन्दुकधारीको मृत्यु


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

क्यानडाको टोरोन्टो शहरमा गोलीबारीको खबर छ । ताजा जानकारी अनुसार ग्रीकटाउन इलाकामा ड्यानपोर्थ एभेन्युको एक रेष्टुरेन्ट बाहिर गोलीबारी भएको हो ।

टोरोन्टो पुलिसले नौ जनालाई गोली लागेको जसमा एक बालिका पनि रहेको जानकारी दिएको छ । घाइतेको स्थितीबारे केही जानकारी नभएको बताइएको छ । बन्दुकधारीको मृत्यु भएको पुलिसले जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयानुसार राती १० बजे दर्जनौंपटक गोलीबारीको आवाज सुनियो ।

ग्लोबल पुलिसले टोरोन्टो पुलिसलाई उद्धृत गर्दै ९ जनालाई गोली लागेको जसमा एक बच्चा पनि समावेश भएको बताएको छ । स्रोतका अनुसार हमला गर्ने व्यक्तिले आफूलाई गोली हान्नु अघि पुलिसमाथि ओपन फायरिङ गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com