आज टीपीएस पुनदर्ता आवेदन नगर्ने नेपाली कागजपत्रविहिनले देशनिकालाको सामना गर्नुपर्ने (भिडियो)


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई देशनिकालाको डरविना काम गर्न पाउने अधिकारसहित अमेरिकी सरकारले प्रदान गरेको टीपीएस पुनदर्ताको अन्तिम म्याद जुलाई २३ सोमबारसम्ममात्र रहेको छ । सोमबारभित्र टीपीएसका लागि पुन दर्ता गर्नेहरुले सन् २०१९ को जुन २४ सम्म अमेरिकामा रहेर देशनिकालाको डरविना काम गर्न पाउनेछन् ।

तर सोमबार भित्र टीपीएसका लागि पुन दर्ता नगर्ने कागजपत्रविहिनहरु भने त्यसपछि अमेरिकाबाट देशनिकालाको प्रकृयामा जानेछन् । उनीहरुको कुनै पनि स्टाटस नभएको खण्डमा वा कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएको अवस्थामा उनीहरुका लागि अमेरिकी सरकारले देशनिकालाका लागि नोटिस टु अपियर जारी गर्नसक्ने कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ ।

पुनदर्ता गर्नेहरुको हकमा भने झण्डै अमेरिकामा बसेर देशनिकालाको डरविना काम गर्न ११ महिनाको अवधि रहनेछ । त्यही अवधिमा या त उनीहरु पुरानै भिसा वा स्टेटसमा फर्कनुपर्नेछ, या त अन्य अध्यागमन सुविधाका लागि आवेदन दिनुपर्नेछ । अन्यथा कुनै स्टेटस नभएको खण्डमा उनीहरुले अमेरिका छाडेर जानुपर्नेछ । अमेरिकी सरकारले आगामी जुन २४ पछि नेपालका लागि टीपीएसको अवधि नथप्ने निर्णय गरेकाले कागजपत्रविहिनहरुले अमेरिका छाड्नुपर्ने वा विकल्प खोज्नुपर्ने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


टीपीएसको आवेदनबारे थप जानकारीका लागि यो भिडियो हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com