‘सबै निजी मेडिकल कलेज राष्ट्रियकरण गरियोस्’-नेकपा युवा र विद्यार्थी संगठन


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनले सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न सरकारसँग माग गरेका छन् ।

पूर्व एमाले नजिकको युवा संघ नेपाल र अनेरास्ववियु तथा पूर्व माओवादी केन्द्र नजिकको वाइसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ती निकालेर यस्तो माग गरेका हुन् ।

संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख’भनिएको र शिक्षा, स्वास्थ्यलाई नागरिकको मौलिक हककोरूपमा ग्यारेन्टी गरिएकाले मेडिकल कलेजलाई तत्काल राष्ट्रियकरण गर्न उनीहरुको माग छ ।

त्यस्तै, चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिब र लक्षित समुदाय आधारित बनाई पारदर्शिता ढंगले वितरण गरिनुपर्ने, नागरिकको जीवनसँग खेलवाड गरी स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्तालका कार्ग गर्न पूर्णरूपमा प्रतिवन्ध लगाउनु पर्ने, नागरिकको करबाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने लगायतका माग पनि राखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युवा, विद्यार्थी संगठनको माग :

१. नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख ब्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रवाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।

२. सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण हस्पिटल सञ्चालनको प्रक्रिया अविलम्ब सुरु गरियोस् ।

३. चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिब र लक्षित समूदाय आधारित बनाई त्यसलाई पारदर्शिता ढंगले वितरण गरियोस् ।

४. आधारभूत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पूर्णरूपमा प्रतिवन्ध लगाइयोस् । जनताको करबाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारबाही गरियोस् ।

५. स्वास्थ्य शिक्षामा देखिएका सबै समस्या दिर्घकालिन ढंगले समाधान गर्न उच्चस्तरिय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गरियोस् ।

६. चिकित्सा शिक्षा लगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय म्याण्डेट पाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलफल र निकासको साझा थलो बनाइयोस्।

७. राष्ट्रिय चिकित्सा आयोगबाट नै समस्या निरोपण हुने भएकाले जारी गोविन्द केसिको अनसन वार्ताबाट तत्काल अन्त्य गरियोस् ।

८. गोविन्द केसिको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस् ।

९ . अनेकन् प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका इन्स्टिच्युटलाई छानबिन गरि कडा कारबाही गरियोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com