युरोपेली देशसँग सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा,भोलि राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दै


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा भोलि राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय मञ्च र अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलगायत मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्ने उद्देश्यले उहाँ पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियमको भ्रमणमा जान लाग्नुभएको हो ।

ब्रसेल्स, पेरिस, लण्डन, बर्लिन, जिनेभा र भियनामा रहेका नेपाली राजदूत एवं स्थायी प्रतिनिधिलाई ब्रसेल्समा भेला गरेर नेपालको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्दै आर्थिक एवं विकास कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मन्त्री ज्ञवालीले निर्देशन दिने कार्यक्रम छ ।

युरोपेली संघ र युरोपका महत्वपूर्ण देशसँग दुई पक्षीय सम्बन्ध विस्तार गर्न तथा संघअन्तर्गतका संरचनालाई नेपालको वस्तुस्थिति अवगत गराउन तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका परियोजनामा सहायता जुटाउनेतर्फ पनि आफ्नो भ्रमण केन्द्रित रहने उहाँले राससलाई बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पारस्परिक सम्बन्ध विस्तारबारे पोर्चुगल र लग्जेम्बर्ग सरकारसँग छलफल गर्ने जानकारी दिँदै उहाँले बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडेर रेयानडेर्स र पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्टोस सिल्भासँग बेग्लाबेग्ले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com