महिलालाई गोली हान्ने धम्की दिने व्यक्ति नयाँबजारमा हतियारसहित पक्राउ


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

आपसी विवादमा बन्दुक देखाएर धम्काउने व्यक्ति नयाँबजारको टाउन प्लानिङमा पक्राउ परेका छन्।

६० वर्षीय राम बहादुर पाईजालाई १६ बोरको एकनाले बन्दुक १ र त्यसको ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।

धादिङ छत्रेदेउराली–९ घर भएकी ३५ वर्षीया महिलासँग झगडा हुँदा उनले आफुसँग बन्दुक रहेको भन्दै गोली हान्ने धम्की दिएका थिए। सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी भेषराज रिजालका अनुसार उनले लाइसेन्स लिएर नै हतियार राखेका थिए। तर, हतियारको दुरुपयोग गरेकाले उनलाई कारबाही हुने डिएसपी रिजाल बताउँछन्। प्रहरीले उनको लाइसेन्स रद्दका लागि सिफारिस गर्न लागेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com