‘व्यापार युद्ध’ले विश्वकै अर्थतन्त्रमा संकट अाउन सक्ने, अमेरिकामाथि चाैतर्फी दबाव !


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न संकट अाउन सक्ने बताएका छन् ।

उनले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भनेका छन्, ‘कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई फाइदा गर्ने छैन ।’

ठूलो अर्थतन्त्र भएका विश्वका २० देशका अर्थ तथा वित्त मन्त्रीहरूको शिखर बैठकको तयारी भइरहँदा उनको यो भनाई आएको छ । अमेरिकाले एकतर्फी रुपमा कर लगाउँदा नै यो समस्या भएको उनको भनाई थियो ।

जङ्गली कानून

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले लिएको व्यापारको वर्तमान नीति एउटा मिचाहा प्रवृत्तिको भएको र यसलाई सभ्य नभएर जङ्गली कानूनका रुपमा हेर्नुपर्ने उनकाे आरोप छ ।

अर्थमन्त्री मायरले विश्वमा अहिलेको अवस्था झनै सौहार्द हुनुपर्ने व्यापार यस्तो एकतर्फी र निरङ्कुस पाराको हुनसक्दैन र कुनै पनि देशले आफैले आफू अनुकुलको कानुन बनाएर एकतर्फी रुपमा कर वृद्धि गर्न पनि नपाउने बताए ।

अमेरिकी कर नीतिको बचाउ

तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने अमेरिकाले लिएको वर्तमान कर नीतिको बचाउ गरेका थिए । उनले युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि बजार खुल्ला राख्न आग्रह पनि गरे।

यस नीतिको कडा रुपमा बचाउ र प्रतिवाद गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि अमेरिकाले चाहेको स्वतन्त्र र समृद्ध व्यापारका लागि युरोपेली संघ एउटा अस्थिरता भएको गत हप्ता मात्र बताएका थिए ।

राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिका पुग्ने कम्तीमा पनि ५०० अर्ब डलर बराबरका सबै सामानमा अहिलेकै नीति बमोजिम नै थप कर लगाउने चेतावनी पनि दिए । उनको यो अभिव्यक्तिपछि युरोपेली संघ र अमेरिका तथा चीनबीच पछिल्लो समयमा शुरु भएको व्यापार युद्धले थप वैधानिकता पाएको बताइन्छ ।

अमेरिकालार्इ घाटा ?

चीन र युरोपेली संघ दुवैसँगै अमेरिकाले ठूलो व्यापार घाटा ब्यहोर्दै आएको बताएको छ । हाल युरोपेली संघमा २७ ओटा युरोपेली देशहरु सदस्य रहेका छन् ।
अर्जेन्टिनाको बेनोस आइरिजमा आयाोजना गर्न लागिएको वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री, वित्तमन्त्री र बैंकरहरु भेला हुने भएका छन् । युरोपेली संघ आबद्ध देशहरु र चीनले अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता लिन बारम्बार आग्रह गर्दै आएका छन् ।

युरोपेली युनियनकाे अडान

युरोपेली संघले त यो नयाँ कर फिर्ता नलिएसम्म युरोपेली युनियनले अमेरिकासँग स्वतन्त्र व्यापारका विषयमा वार्तामा पनि नबस्ने अडान लिँदै आएको छ ।

तर अमेरिकाले भने युरोपेली संघ र चीनसँग यस विषयमा नझुक्ने बताएको छ । उसले पछिल्लो करको बारेमा कुनै छलफल पनि गर्न नचाहेको बताएको छ । उसले युरोपेली संघ, मेक्सिको, क्यानडा र चीनबाट गरिने स्टील र एलुमिनियमको आयातमा नयाँ तर बढी करहरू लागू गरेको छ ।

उसले स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको १० प्रतिशत कर लगाएको हो । अमेरिकाको उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित भएको हुन् ।

बदला

यस कदमको युरोपेली संघ, चीन, मेक्सिको र क्यानाडाले पनि विरोध गर्दै आएका छन् । साथै उनीहरुले अमेरिकाको यस कदमको बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन् ।

सोही विरोधस्वरुप कतिपयले सामान अमेरिका निर्यात गरेका छैनन् भने कतिले अमेरिकाको सामान पनि आयात गरेका छैनन् ।

विश्वका आर्थिक क्षेत्रका कतिपय सरोकारवालाहरुले भने यो अवस्थाले विश्वको अन्य क्षेत्रको अर्थतन्त्रमा पनि असर पर्ने भएकोले पछिल्लो यो असहमतिलाई व्यापार युद्धका रुपमा अघि बढ्न दिन नहुने बताउँदै आएका छन् । (रासस/एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com