रोनाल्डोभन्दा महंगो मूल्यमा कान्टेलाई बेच्ने तयारी


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

इङ्लिस क्लब चेल्सीले विश्व विजेता फ्रेञ्च मिडफिल्डर एनगोलो कान्टेको मूल्य ९८ मिलियन पाउन्ड राखेको छ। फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कान्टेमाथि रुचि देखाएपछि चेल्सीले आफ्नो मिडफिल्डरको स्थानान्तरणका लागि ९८ मिलियन पाउन्डको प्रस्ताव अघि सारेको छ।

बेलायतका चर्चित पूर्व स्ट्राइकर ग्यारी लिनेकरले गत साता सम्पन्न विश्वकपमा कान्टे उत्कृष्ट खेलाडी भएको भन्दै उनलाई नबेच्न चेल्सीलाई सुझाव दिएका थिए। तर, कान्टेको विषयमा पिएसजी र चेल्सीबीच वार्ता भइरहेको छ।

यही विश्वकपमा उदाएका फ्रान्सका युवा ढुकढुकी केलियन एमबापेले कान्टेको विषयमा क्लबमा प्रस्ताव राखेका थिए। कान्टेलाई भित्र्याउन पिएसजी अर्जेन्टिनाका एञ्जल डि मारिया तथा गोन्सालो गुइडेसलाई बेच्ने तयारीमा छ। यही मूल्यमा कान्टे पिएसजी भित्रिए उनका लागि खर्चिएको रकम

क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ। रियल म्याड्रिडले ८८ मिलियन पाउण्डमा रोनाल्डोलाई युभेन्ट्समा बेचेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कान्टेको प्रस्तावपछि क्लब मालिक रोमन इब्रामोभिक असमञ्जसमा छन्। यस सिजनको खुला ट्रान्सफरमा मिडफिल्डर इडेन हजार्ड र गोलकिपर थाईबट कोर्टुवाको लागि पनि महंगो प्रस्ताव आएको छ। क्रिस्टियानो रोनाल्डोलाई बेचेपछि रियल म्याड्रिड हजार्डलाई आफ्नो क्लबमा भित्र्याउने अभियानमा छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com