महानगरकै पैसाले मेयरलाई माला किन ?


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

‘घरमा बा आउँदा माला लगाइदिनुहुन्छ, आमा आउँदा माला लगाइदिनुहुन्छ ? ’ उनले सोधे, ‘ श्रीमान् आउँदा माला लगाइदिनुहुन्छ कि श्रीमती आउँदा ? ’ उत्तर पनि उनैले दिए–विशेष पाहुना लगाइएला । महानगरपालिका, वडा र टोल त सबै एउटै परिवार हो भने मेयरलाई माला किन ? यस्तो प्रश्न अरू कसैले होइन मेयरकै हो, त्यो पनि पोखरा महानगरका मेयर मानबहादुर जिसीको ।

छोरेपाटन क्षेत्रमा सीसी क्यामेरा जडान कार्यक्रमको शनिबार बिहान उद्घाटनपछि प्रमुख अथितीय मन्तव्य राख्दै थिए मेयर जिसी । अरूलाई सम्मानपत्र हस्तान्तरण गरिसकेपछि आफूलाई पनि मायाको चिनो ग्रहणका लागि आयोजकले भनेपछि मन्तव्यका क्रममा मेयर जिसीले अनावश्यक खर्च नगर्न र मितव्ययी बन्न आग्रह गरे । ‘मलाई कार्यक्रममा बोलाउँदै माला नलगाइदिनू र मायाको चिनो पनि नदिनू भनेको हुँ’, जिसीले भने, ‘अहिले हामीले लगाइरहेको माला बुनेको फूल भारतबाट आउँछ । आयात किन बढाउने ? बरु हामी आफैंले फुलायौं भने लगाउँला ।’

महानगरबाट बजेट लगेर आफूलाई बोलाएको कार्यक्रममा माला लगाइदिने र मायाको चिनो दिने काममा खर्च नगर्न मेयर जिसीले आग्रह गरे । ‘झन् महानगरको कार्यक्रमलाई हो भनेपछि सय रुपैयाँ पर्ने मालालाई पनि ५ सय रुपैयाँ भन्दा रै’छन्’, उनले भने, ‘यस्ता कार्यक्रम गर्दा मालामा मात्रै ५÷६ हजार रुपैयाँ खर्च भएको हुन्छ । त्यसो नगरौं ।’ महानगरकै बजेट लगेका थुप्रै कार्यक्रममा त्यसरी नै खर्च भएको भन्दै उनले असन्तुष्टि पोखे ।

सिद्धार्थ राजमार्गको छोरेपाटन क्षेत्रमा १२ वटा सीसी क्यामेरा जडान भएको छ । डेभिज फल क्लबको सक्रियतामा पोखरा छोरेपाटनको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा सीसी क्यामेरा जडान भएको हो । क्लबका पदाधिकारी ऋषि बरालका अनुसार १० लाख रुपैयाँ खर्च गरी क्यामेरा जोडिएको हो । त्यसमा महानगरले ३ लाख ८० हजार बजेट उपलब्ध गराएको छ । त्यस्तै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले ३ लाख ५० हजार, बरालफिडले ५० हजार सहयोग गरेका थिए । २ लाख २० हजार रुपैयाँ भने क्लबले बेहोरेको क्लबका अध्यक्ष गोपाल बरालले जनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेयरले शनिबार क्यामेरा उद्घाटन गरेका हुन् । उनले कार्यक्रममा आसनग्रहण गराउने जस्तो अति परम्परावादी शैली छाड्न पनि आग्रह गरे । मन्तव्य राख्दा व्यक्तिपिच्छे सम्बोधन गरिरहन नपर्ने पनि उनको भनाइ थियो । ‘कुर्सीमा नाम लेखिदिऔं, त्यहीँ गएर बसे भइहाल्यो’, उनले भने, ‘सम्बोधन गरेर समय किन खर्चने ? फलाना र ढिस्कानाको नाम लिँदा मेरो नलिने भनेर फेरि अर्काेले दागा धर्छ ।’ खर्च र समयको मितव्ययिताबारे बोल्दै जाँदा मेयरले सीसीटीभी राख्नुपरेको कारण पनि मानवीय प्रवृत्ति नै भएको बताए । उनले भने, ‘सबैले ममभन्दा नियम मान्ने हो भने सीसीटीभी पनि चाहिन्न घरमा ताला लगाउनु नि पर्दैन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com