आफ्नो पकड बनाउनका लागि अमेरिका व्यापार युद्ध गर्न उद्दत रहेको फ्रान्सको आरोप


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

अमेरिका व्यापार युद्ध गर्ने उद्दत रहेको फ्रान्सले आरोप लगाएको छ ।

एकतर्फी कर लादेर विश्व अर्थतन्त्रमा आफ्नो पकड बनाउने नीति लिएर अमेरिकाले व्यापार युद्ध खोजेको फ्रान्सले आरोप लगाएको हो । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनोले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै आलोचना समेत गरेका छन् ।

अमेरिकाले खोजेको व्यापार युद्ध यथार्थमा परिणत भएको जनाउँदै अमेरिकाले विश्व अर्थतन्त्रमा आफूलाई अन्य देशको समान भन्दा पनि ठूलो हुने सोच लिएको फ्रान्सको आरोप छ । तर अमेरिकी वित्त मन्त्री स्टेभेन म्नुचीनले भने आरोपको प्रतिवाद गर्दै ईयू र चीनले स्वतन्त्र प्रतिष्पर्धाका लागि आफ्नो बजार खुला गर्नुपर्ने तर्क अघि सारेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com