आज ३६ औं बीपी स्मृति दिवस


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको आज ३६ औं स्मृति दिवस।

नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन्।

बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई कांग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।

२००७ सालको राणा शासनविरुद्ध क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पुस १ गते उनलाई अपदस्थ गरी जेलमा राख्ने काम भयो। बीपीले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा बस्नु परेको थियो।

बीपी नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो।

नेपाली राजनीतिका साथै साहित्य लेखनमा पनि सक्रिय कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन्।

दोषी चश्मा र श्वेतभैरवी कथा संग्रह तथा उनको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित छन्।

पिता कृष्णप्रसाद कोइराला र माता दिव्यकुमारीका माइला छोराका रूपमा १९७१ भदौ २४ गते जन्मिएका बीपी कोइरालाको वि.सं. २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com