इज्जत जोगाउन आफ्नै बुवाले छोरीलाई जिउँदै जलाए


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीको आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् । आफ्नै छोरी तथा बहिनीलाई जिउँदै जलाउनुको मुख्य कारण इज्जत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती युवतीले परिवारको इच्छा विपरित विवाह गर्न लागेकी थिइन् ।

गएको शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार लौवंशीको घरमा पुगेकी थिइन् । लौवशीको घरमा गएकी लक्ष्मीलाई उनका बुवाले देखेका थिए । लक्ष्मीलाई उनका बुवाले जबरजस्ती घिसारेर आफ्नो घर लगेका बताइएको छ ।

जानकारीका अनुसार लक्ष्मी र राजकुमार १० महिनादेखि प्रेम गर्दै आइरहेका थिए । लक्ष्मीको परिवारलाई यो सम्बन्ध मन परेको थिएन । लक्ष्मीका बुवाले पटक पटक लक्ष्मीलाई सम्झाउँदै आएका थिए । लक्ष्मी र राजकुमारले अदालतमा गएर बिहे गर्ने निर्णय गरेका थिए ।

यसैक्रममा गएको शुक्रबार लक्ष्मी राजकुमारको घर गएको देखेपछि उनका बुबा सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिएका थिए । ती युवतीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको र उनका बुबा र दाइ दुवैजनालाई पक्राउ गरेको बताएको छ । युवतीकी आमा र केही छिमेकीले ती युवतीले आफैँ मट्टीतेल छर्किएर आत्महत्या गरेकी भन्ने बयान दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com