नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो ।
यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो ।
दुई देशका अधिकारीबीच नयाँदिल्लीमा शुक्रबार भएको संयुक्त कार्यदलको बैठकले उक्त असमानता हटाउने निर्णय गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।