दशगजामा भारतले बनायो चेकपोष्ट, छलफलबाट विवाद टुंग्याउने गृहमन्त्री थापाको आश्वास


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

जटही दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी चेकपोष्ट निर्माण सुरु गरेको छ ।

भारतीय कस्ट्युम अफिसले धनुषाको नगराइन नगरपालिका–२, जटही र भारतको मधुवनी जिल्लाको पिपरौन दशगजा क्षेत्रमा एकतर्फी चेक पोष्ट निर्माण थालेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पटक–पटक रोक्दा समेत भारतीय पक्षले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर चेक पोष्ट निर्माणलाई निरन्तरता दिइरहेको छ । गएको जेठ २ गतेबाट एसपी ५१ र पिल्लर नम्बर २८४र३५ को बीचमा कस्ट्युम अफिसले चेक पोष्ट निर्माण सुरु गरेको थियो ।

जमुनी नदीको दक्षिणी किनारमा निर्माण गरिरहेको चेकपोष्ट तत्काल रोक्न भारतीय पक्षलाई पटक–पटक आग्रह गर्दा समेत भारतीय पक्षले पुनः बीच–बीचमा रोकेर चेकपोष्ट निर्माण जारी राखेका छन् ।

‘गएको जेठ २८ गते भारतीय पक्षलाई चेकपोष्ट तत्काल निर्माण रोक्न आग्रह गरेपछि रोकेको थियो’, सशस्त्र प्रहरीका धनुषा प्रहरी उपरीक्षक राजु पाण्डेले भन्नुभयो, ‘त्यसपछि पुनः असार १४ गतेबाट बनाउन सुरु गर्यो । यस विषयमा प्रमुख जिल्ला अधिकारीलगायत माथिल्लो निकायमा समेत जानकारी गराएका छौं ।’ यस विषयमा गृहमन्त्री रामबहादुर थापा बादललाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय पक्षले एकतर्फी रुपमा चेकपोष्ट निर्माण थालेको विषयमा शनिबार जनकपुर विमानस्थलमा सञ्चकर्मीको जिज्ञासामा गृहमन्त्री थापाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सीमा सन्दर्भमा भारतसँग रहेको विवाद विषयमा दुवै पक्ष बसेर छलफल गरी समाधान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुवै देशका प्रबुद्ध नागरिको समूह बसेर नेपाल–भारत सम्बन्ध, विगतमा भएको सन्धि सम्झौता नयाँ रुपबाट पुनरावलोकन र अन्य पारवाहन विवाद लगायतका मुद्दाहरुको दुवै देशको पारस्परिक र राष्ट्रिय हितलाई ध्यानमा राखेर छलफल गरी समाधान गर्न सरकार अघि बढेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com