नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनका क्रममा झडप भएको छ । राजधानीको नयाँ वानेश्वरमा केसीको समर्थनमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो ।

तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपका क्रममा तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् । उनको नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । यस्तै तरुण दलतर्फपनि केहि कार्यकर्ता घाइते भएको बताइएको छ ।

सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ ।

माइतीघरबाट प्रदर्शनकारी नयाँ वानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप हुन पुगेको हो । यस्तै प्रदर्शनकारीले तीन वटा सरकारी गाडी र एक नीजि गाडी पनि तोडफोड गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले अर्को प्रर्दशन पनि गरेका हुन् । सो प्रदर्शन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।

प्रदर्शनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए ।

प्रर्दनशकारीले माथेमा प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड लिएका थिए । डाक्टर केसीको मागमा ऐक्यद्धता जनाउदै प्रर्दशनमा सहभागी भएका समर्थकले ‘‘हाम्रो स्वास्थ्य हाम्रो, हात डाक्टर केसीलाई समर्थन, गुणस्तरीय शिक्षाको पहुँच कायम गर ” लगायतका नारा लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com