मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुले बनाएको बुद्धको मूर्ति नेपालमा उपहार


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

थाइल्यान्डमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुले बनाएको भगवान गौतम बुद्धको मूर्ति नेपालका विभिन्न संघ संस्थाहरुलाई उपहारस्वरुप प्रदान गरेको छ ।

थाइल्यान्डको वल्र्ड बुद्धिष्ट विश्व विद्यालयको सौजन्यमा प्राप्त मूर्तिहरु विभिन्न संघ संस्थाहरुलाई वितरण गरेको हो ।

नगर मण्डप श्रीकीर्तिविहार कीर्तिपुरले आज काठमाडौं गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र विश्व विद्यालयका प्रतिनिधिले मूर्ति हस्तान्तरण गरेका छन् ।

शान्ति र अहिंसाको सन्देश विश्वभर पु¥याउन विभिन्न घटनामा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुले बनाएको मूर्ति उपहारस्वरुप प्रदान गरिएको विश्व विद्यालयले जनाएको छ ।

यी मुर्ति बन्दीहरुले १ सय ८० दिनमा तयार पारेका हुन ।

कार्यक्रममा काठमाडौंको भद्रगोल, नख्खु र डिल्लीबजार कारागारलाई पनि बुद्धको मूर्ति प्रदान गरे ।

त्यसैगरी बुद्ध दर्शनको संरक्षणमा योगदान पुर्‍याएको भन्दै ईमेज च्यानल टेलिभिजनलाई पनि बुद्ध मूर्ति दिइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com