भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव खारेज, मोदी विश्वकै उत्कृष्ट एक्टर : विपक्ष


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

भारतीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव खारेज भएको छ ।

सन् २०१४ मा सत्ता सम्हालेपछि भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारविरुद्ध ल्याएइएको अविश्वास प्रस्तावको पक्षमा १२६ सांसदको समर्थन रह्यो भने विपक्षमा ३२५ सांसदको समर्थन । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान भएको थियो ।

मतदान हुनुभन्दा पहिले प्रधानमन्त्रीले सदनमा आफ्नो प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गरेका थिए । उनले विपक्षीसँग कुनै मुद्धा नभएपछि मोदी हटाउमा मुद्धामा लागेको बताए । उनले भाषण गरिरहँदा तेलूगु देशम पार्टी(टीडीपी) तथा अन्य विपक्षी दलका सांसदले नाराबाजी गरिरहेका थिए ।

प्रधानमन्त्री मोदीको भाषण सकिनेबित्तिकै टीडीपीका सांसद श्रीनिवास केसिनेनीले मोदीप्रति व्यंग्य गर्दै भने, मलाई यस्तो लाग्यो डेढ घण्टादेखि म कुनै ब्लकबस्टर चलचित्र हेरिरहेको थिएँ । यसका कुनै शंका छैन कि संसदमा उपस्थित मेरा साथी विश्वकै उत्कृष्ट अभिनेता हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्तमान लोकसभामा जम्मा ५४३ सिट रहेको छ । त्यसमध्ये ९ सिट अहिले रिक्त छ । तसर्थ अहिले लोकसभामा कायम रहेको सांसदको संख्या ५३४ रहेको छ । यस हिसाबले सरकार बनाउन चाहिने साधारण बहुमत २६८ हुन्छ ।

अहिलेको अवस्थामा भारतीय जनता पार्टी लोकसभामा सबैभन्दा ठूलो दल हो । भारतीय जनता पार्टीसँग मात्रै २७२+१ (लोकसभा अध्यक्ष) सांसद छन् । बीजेपी नेतृत्वको सरकारलाई समर्थन गर्ने अन्य दलहरुमा शिवसेना(१८), लोक जनशक्ति पार्टी(६), अकाली दल(४) आरएलएसपी(३), जेडीयू(२), अपना दल(३), एनआर कांग्रेस(१), पीएमके(१) तथा एनपीपी(१) रहेका छन् ।

शुक्रबार भने भारतीय लाेकसभामा ४५१ जना सांसद मात्रै उपस्थित भएका थिए । संसदमा १९ सिट रहेकाे बीजू जनता दल र १८ सिट रहेकाे शिवसेना भने मतदान प्रकियामा नै सहभागी भएनन् । तर ३७ सिट रहेकाे अन्नाद्रमुक दलले अविश्वास प्रस्तावकाे विपक्षमा मत दियाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com