भारतको संसदमा राहुलद्वारा मोदीसँग अंकमाल


प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुब चर्चा पाएको छ ।

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुनेक्रममा संसद भवनको बैठककक्षमा राहुलले मोदीलाई अनपेक्षितरूपमा अंकमाल गरेका हुन् ।

भारतीय संसदमा प्रधानमन्त्री मोदीकाविरुद्ध बिहीबार प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट शुक्रबार राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ ।

प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेको भारतीय सन्चारमाध्यमहरूले जनाएका छन् ।

विपक्षी दल कंग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ ।

सो अवरोधप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री मोदीले संसदको काम–कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका थिए ।

शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गरेका थिए ।

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानुन निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले सरकार कुनैपनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद चल्न दिन आग्रह गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com