डलर हालसम्मकै महँगो


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

अमेरिकी डलर थप मजबुत बनेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ।

यसअघि बिहीबार यो दर ११० रुपैयाँ १० पैसा थियो। खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो।

कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय रुपैयाँसँगै नेपाली मुद्रा कमजोर बनेको हो। अर्कोतर्फ अमेरिकीले इरानको तेलमाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहँदा डलर मजबुत देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

अमेरिकी डलर महँगो हुँदा नेपालमा मूल्य बृद्धि बढ्न जान्छ। निर्यातभन्दा आयातको आकार कयौं गुणा ठूलो भएकाले व्यापार घाटा समेत बढ्न जान्छ।

पेट्रोलियम पदार्थ महँगिन गई त्यसले यातायात, पूर्वाधारहरुको निर्माण लागत समेत महँगो पर्न जानेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com