घुस खाएको रकम फिर्ता हुन थालेपछि..


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

मुक्त हलिया पुनःस्थापना कार्याक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ आबद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा खुस लिएका व्यक्तिहरुसँग ठाडो बयान लिएर कारबाहीका लागि अख्तियारमा पठाएको बताए । मुक्त हलियाबाट विभिन्न बहानामा २० हजार देखि ५० हजार घुस लिएको उजुरीमा उल्लेख छ ।

अख्तियारले छानबिन सुरु गरेलगत्तै मुक्त हलियाबाट घुस लिएका व्यक्तिहरुले घमाधन घुस लिएको रकम फिर्ता गरिरहेको र रकम पाइसकेपछि उजुरीकर्ताहरु उजुरी फिर्तालिन जिल्ला प्रशासन कार्यलयमा धाउन थालेकाछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मुक्त हलियाका नाममा प्राप्त रकममा कमिसन लिएको पकरणमा निकै नाटक भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी जोशीले भने ‘घुस खाएको भन्दै किटानी उजुरी गरेका व्यक्तिहरु उजुरी फिर्ता लिन आग्रह गदै पुन निवेदन दिन थालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com