आफैँले चलाएको गोली लागेर सैनिक घाइते : चिउँडो, मुख, ओठ र नाक पूरै च्यातियाे


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।

बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफँैले गोली चलाई घाइते भएका थिए ।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिनुभयो ।

डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताउनुभयो । उहाँले भन्नुभयो “अवस्था गम्भीर छ, तर काठमाडाँैमा उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हँुदै काठमाडौँ लगिएको छ ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिनुभयो ।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ । घाइते जवानको अवस्था गम्भीर भए पनि होस्मा नै रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए । घाइते सैनिक जवान ध्रुव लेखेर नै आफ्ना भनाइ राख्छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com