‘अमेरिका जन्मदैमा अमेरिकी नागरिकता दिनु हुँदैन’


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

अमेरिकी भूमिमा जन्मेको व्यक्तिले स्वत अमेरिकी नागरिकता पाउनुपर्ने संवैधानिक अधिकार रहेपनि ट्रम्प प्रशासनका एकजना पूर्व राष्ट्रिय सुरक्षा अधिकारीले यस्तो प्रावधान संसोधन गरिनुपर्ने विचार व्यक्त गरेका छन् । हिलसाइड कलेजमा प्राध्यापन तथा शोध गरिरहेका माइकल एन्टोनले वासिंटन पोष्ट मार्फत अमेरिकी नागरिकतालाई जन्मजात अधिकार बनाइन नहुने धारणा व्यक्त गरेका छन् ।


अमेरिकामा जन्मने गैर अमेरिकी नागरिकका बच्चाहरु अमेरिकी नागरिक हुन नसक्नेगरी संसदले यसबारे स्पष्ट पार्नसक्ने उनको धारणा छ । अमेरिकी संविधानको चौधौं संसोधनले अमेरिकी भूमिमा जन्मने व्यक्ति अमेरिकी नागरिक हुने प्रावधानको व्यवस्था गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपय चाइनिज होटलहरुले पर्यटकहरुलाई अमेरिका आएर बच्चा जन्माउनुहोस्, अमेरिकी नागरिकता लिनुहोस् जस्ता विज्ञापन खुलेआम नै गरिरहेको भन्दै उनले त्यसको विरोध गरेका छन् । विदेशी पर्यटकहरुले आफ्ना छोराछोरीहरुलाई अमेरिकी नागरिक बनाउनका लागि अमेरिकामा आएर बच्चा जन्माउने क्रम तीब्र भएको भन्दै उनले यसमा संसोधनको धारणा राखेका हुन् ।


© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com