‘अमेरिका जन्मदैमा अमेरिकी नागरिकता दिनु हुँदैन’


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

अमेरिकी भूमिमा जन्मेको व्यक्तिले स्वत अमेरिकी नागरिकता पाउनुपर्ने संवैधानिक अधिकार रहेपनि ट्रम्प प्रशासनका एकजना पूर्व राष्ट्रिय सुरक्षा अधिकारीले यस्तो प्रावधान संसोधन गरिनुपर्ने विचार व्यक्त गरेका छन् । हिलसाइड कलेजमा प्राध्यापन तथा शोध गरिरहेका माइकल एन्टोनले वासिंटन पोष्ट मार्फत अमेरिकी नागरिकतालाई जन्मजात अधिकार बनाइन नहुने धारणा व्यक्त गरेका छन् ।


अमेरिकामा जन्मने गैर अमेरिकी नागरिकका बच्चाहरु अमेरिकी नागरिक हुन नसक्नेगरी संसदले यसबारे स्पष्ट पार्नसक्ने उनको धारणा छ । अमेरिकी संविधानको चौधौं संसोधनले अमेरिकी भूमिमा जन्मने व्यक्ति अमेरिकी नागरिक हुने प्रावधानको व्यवस्था गरेको हो ।

कतिपय चाइनिज होटलहरुले पर्यटकहरुलाई अमेरिका आएर बच्चा जन्माउनुहोस्, अमेरिकी नागरिकता लिनुहोस् जस्ता विज्ञापन खुलेआम नै गरिरहेको भन्दै उनले त्यसको विरोध गरेका छन् । विदेशी पर्यटकहरुले आफ्ना छोराछोरीहरुलाई अमेरिकी नागरिक बनाउनका लागि अमेरिकामा आएर बच्चा जन्माउने क्रम तीब्र भएको भन्दै उनले यसमा संसोधनको धारणा राखेका हुन् ।


© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com