सहमतिमा संशोधन विधेयक आउने सम्भावना क्षीण


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ । सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच कुरो मिल्न सकेको छैन । सहमति जुटाउन शनिबारका लागि बोलाइएको तीन दलको बैठकसमेत बस्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संशोधन प्रस्ताव तयार भएको जानकारी दिँदै सहमतिमै कात्तिक मसान्तभित्र संसद्मा दर्ता हुने बताएका थिए ।

तीन दलको बैठक बस्न नसके पनि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । अब तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक आज (सोमबार) बोलाउने तयारी छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधन विधेयकमा सहमति गर्ने सम्भावना देखिएको छैन ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेसम्मको अवस्थाको अध्ययन गर्दा संविधान संशोधन प्रस्तावमा सहमतिको सम्भावना नदेखेको बताए । ‘अध्यक्षसँग कुनै कुरो भएको भए मलाई थाहा भएन नत्र यसमा सहमति भएको मलाई थाहा छैन,’ नेम्वाङले भने ।

प्रधानमन्त्री दाहालले कांग्रेस, एमालेसँग सहमति गरेर संविधान संशोधन विधेयक ल्याउन निकै प्रयास गरेका छन् । सोमबारको बैठकमा सहमति हुने संकेत नदेखिए एकलौटी रूपमै संशोधन दर्ता गराउने सरकारको तयारी छ । संशोधनका विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । कांग्रेस र माओवादीकै केही मन्त्रीले सहमतिको कुरालाई फेरि जोड दि“दै एक दिन कुरौं भनेपछि मन्त्रिपरिषद्ले संशोधन प्रस्तावमा निर्णय नगरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्की (राम कार्की) ले मन्त्रिपरिद्षमा संविधान संशोधन विधेयकबारे छलफल भएको तर अधिक सहमति गरेर विधेयक लगे राम्रो हुने सुझाव आएकाले रोकिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रिपरिषद्बाट स्वीकृत गराई संविधान संशोधन विधेयक आइतबार नै कानुन मन्त्रालयमा पठाउने प्रधानमन्त्री दाहालको तयारी थियो । मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयकलाई स्वीकृत गरेपछि त्यसलाई कानुन मन्त्रालयमा पठाउनुपर्दछ । कानुन मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएपछि त्यसलाई संसद्मा दर्ता गरिन्छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एकपटक तीन दलको बैठक बसेपछि मात्रै संशोधन विधेयक कसरी र कहिले दर्ता गर्ने निर्णय हुने बताएका राजधानीमा खबर छ ।

शनिबार बोलाइएको तीन दलको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा तरुण दलको कार्यक्रममा पोखरा जाने भएका कारण बस्न नसकेको उनले राजधानीलाई जानकारी दिए । सकभर सहमतिमै विधेयक लैजाऔं भनेर सोमबार तीन दलको बैठक बोलाइएको र सहमति नभए सरकारले एकलौटी रूपमा संविधान संशोधन विधेयक दर्ता गर्ने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com