गण्डकी प्रदेशको संसद बैठकलाई सम्बोधन गर्न बिहीबार पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाईई कालोझण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समेत निरीक्षणमा पोखरा पुगेका प्रम ओलीलाई गण्डकी प्रदेश सभाको गेटमा बसेर कालोझण्डा देखाउन खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा नेविसंघनिकट र नयाँशक्तिसँग आवद्ध विद्यार्थीहरु रहेका छन् ।
प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेशको संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्धारित समयभन्दा २ घन्टा ढिला गरी प्रदेश सभा आइपुगेका प्रम आजै पोखरा विश्वविद्यालयको सिनेट बैठकमा सहभागी भए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन पनि गरे ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।