प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको संसदलाई सम्वोधन गर्र्दै


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्वोधन गर्ने तयारी गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि प्रतिपक्षी नेपाली कांग्रेस भने कार्यक्रममा अवरोध गर्ने तयारी गरेको छ ।

प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रधानमन्त्री ओलीले दिउँसो १२ ः ४० बजे संसद बैठकमा सम्बोधन गर्ने तयारी भएको जानकारी दिनु भएको छ । प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भएपछि संसद सचिवालयले सबै सांसदलाई साढे १२ बजे उपस्थित हुन सूचना जारी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com