आज मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द, नेकपा समर्थित चिकित्सक सहभागी नहुने


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

अनशनरत चिकित्सक गोविन्द केसीको मागबारे सरकारलाई दबाब दिन देशभरका चिकित्सक हड्तालमा उत्रिएका छन् ।

केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सकले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरेका छन् । नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर आज देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।

सरकारले चिकित्सा क्षेत्र सुधारमा ध्यान नदिएकाले अस्पतालमा हड्ताल गर्नुपरेको बताएका हुन् ।

केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ । अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा हडताल गरिएको भन्दै आलोचना समेत भएको छ ।

यता, नेपाल कम्युनिष्ट पार्टी निकटका स्वास्थ्यकर्मीले भने हड्तालमा सहभागी नहुने बताएका छन् । स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा हड्ताल गर्न नहुने उनीहरुले बताउँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com