‘छोरी बचाऊ, छोरी पढाऊ’,बिराटनगर महानगरको नारा, दुई छोरी जन्माउनेलाई ९ हजार दिने !


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

छोरी जन्माएवापत पैसा पाउनका लागि आमाबाबुले केही शर्तहरु भने अनिवार्यरुपमा पालना गर्नुपर्ने महानगरपालिकाले मापदण्ड तोकेको छ । जस्तो– २० बर्ष उमेर पूरा गरेकी आमा हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनैपर्छ । बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ । र, आमा नेपाली नागरिक नै हुनुपर्छ ।

महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक बर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३/३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको उपमेयर इन्दिरा कार्कीले बताइन् ।

बिराटनगरका रोनी विश्वकर्मा र मनिष विश्वकर्मा दम्पतिले पहिलो सन्तान छोरी पाएपछि बिराटनगर महानगरपालिकाले बधाइसहित ३ हजार नगद प्रदान गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो सन्तान जन्मेपछि लिङ्ग पहिचान गरेर गर्भ तुहाउने परम्परा विकसित भइरहेकाले त्यसलाई निरुत्साहित गर्न ३ हजार पुरस्कार प्रदान गर्ने योजना ल्याएको उनले सुनाइन् ।

छोरी बचाउ अयिभानका लागि गत आर्थिक वर्षमा महानगरपालिकाले ६ लाख रुपैयाँ छुट्याएको थियो । यो अभियानलाई महानगरले चालु आर्थिक बर्षमा पनि निरन्तरता दिएको छ । महानगरमा चालु आर्थिक बर्षका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

साथै अब महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पहिलोपल्ट सञ्चालनमा ल्याएको छ । यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर कार्कीले जानकारी दिइन् ।

महानगरपालिकाले ‘छोरी बचाऊ, छोरी पढाऊ’ योजनासँगै सरकारी विद्यालयका पढ्ने छात्राहरुका लागि सेनिटरी प्याड वितरण गर्न पनि योजना अघि सारेको छ ।

चालु आर्थिक बर्षका लागि सेनिटरी प्याड वितरण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com