डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

जुम्लामा विगत १९ दिनयता अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले नेकपाका शीर्ष नेताहरुको छलफलमा डा.केसीको स्वास्थ्यमा समस्या थपिएकाले उनलाई हेलिकप्टरबाट विहिवार काठमाडौं ल्याउन लागेको जानकारी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले केसीलाई सीसीयुसहितको अस्पतालमा राख्नुपर्ने चिकित्सकहरुको सुझाव अनुसार उनको जीवनरक्षाको लागि सरकार र नेकपा गम्भीर बनाएका बताएका छन् ।

उनले केसीको जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जाेड दिँदै सामाजिक सन्जालमार्फत भनेका छन, ‘उहाँलाई सीसीयूसहितको अस्पतालमा राख्नुपर्ने अनिवार्य भइसकेको छ । त्यसैले सबैले उहाँको जीवनरक्षलाई पहिलो प्राथमिकता बनाऔं । त्यसपछि खुला ढंगले मुद्दामा छलफल गरेर समाधान खोजौं ।’

चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा अनसत बसेका हुन् ।उनले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान लिँदै आएका छन् । डा.केसी प्रकरणलाई लिएर विपक्षी काँग्रेसले सदन अवरोध गरेको छ । यसअघि असार २७ गते नै केसीलाई लिन काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भएको थियो ।सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो ।आफू काठमाडौं नफर्किने जवाफ केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको थियो ।

नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका थिए ।केसीले भेट्न मात्रै आउनु, लिन नआउन भनेपछि उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकिएको थियो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनअनुसार नेपाल चिकित्सक संघका पदाधिकारी र प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह हेलिकोप्टरमा जुम्ला जाने तयारी थियो ।

यस्तै मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । तर, दुई पटक वार्ता भएपनि सफल हुन सकेन ।

यहीबीचमा काङग्रेस सभापति शेरबहादुर देउवाले सोमबार डा।गोविन्द केसीको अनसन र मागहरुका सन्दर्भमा सार्वजनिक वक्तव्य जारी गर्दै डा.केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश नै गरिरहेको गम्भीर आशंका उव्जीएको बताएका थिए ।

उनले डा.गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले आफुलाई गम्भीर बनाएको पनि बताएका थिए ।

‘यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु । चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु’ देउवाले आफ्नो वक्तव्यमा भनेका थिए ।

यस अघि असार २९ गते शिक्षामन्त्रीले बल प्रयोग गरेर डा केसीलाई काठमाडौं ल्याउने संकेत दिएका थिए ।
उनले भनेका थिए-
– जुम्लामा आइसीयु नै छैन । उहाँका स्वास्थ्यका सूचकहरु एकदमै घट्दै गए भनेपछि तपाईंहरुले गएर हेरिदिनुस् भन्यौ हामीले । मलाई दुःख लाग्यो मेडिकल एशोसिएसन जान मानेन । अचम्म लाग्यो मेडिकल एशोसिएसन जस्तो संस्था यसैपनि देखाउन पनि त जानुपर्छ नि । तर, जान मान्नु भएन । बरु अहिले उहाँहरु स्वास्थ्य संस्था बन्द गरिराख्नु भएको छ । यो उपयुक्त छ रु

– डा केसी एउटा सम्मानित व्यक्तित्व हो । हाम्रो युनिभर्सिटिको एउटा प्राध्यापक हुनुहुन्छ । उहालाई सम्मान गर्न चाहान्छु । अहिले स्वास्थ्यको अवस्था कमजोर भएका वेला बार्ता गर्नु उपयुक्त हुन्छ कि हुँदैन ?

– त्यसले हामी आज पनि डा। केसीलाई उठाउन पठाउँदैछौँ । अहिले नै म मिडियाका साथीहरुलाई भन्छु – कि भोली सरकारले जर्वजस्ती डा गोविन्द केसीलाई बल प्रयोग गर्यो भनेर नलेख्नुहोला ।

– उहाँलाई काठमाडौँ ल्याउँ सबै मिलेर । राम्रो ठाउँमा उपचार गराऔँ । संसदको यो प्रक्रियामा गएको वेलामा उहाँले भनेका मुद्दालाई संसदबाट सम्बोधन गर्ने प्रकृयमा हामी भूमिका खेलौँ, मन्त्रीको भूमिकामा त्यो कुरामा म सकारात्कमक छु ।

– उहाँको सूचाङ्कहरु कमजोर भएपछि हामीलाई मौसमले साथ दियो भने हामीले त्यो कुरामा जर्वजस्ती पनि गर्नुपर्ने हुन्छ ।

– अगाडी अस्ती पनि उहाँको स्वास्थ्य सुचाङक कमजोर भयो भन्ने आएको थियो अस्तिको दिन स्टेवल छ भन्ने भएपछि हामीले केही कदम चालेका थियौँ । नर्मल भएपछि उहाँको हेरविचारका डा। पठाउ भन्ने गृहकार्य गरिरहेका छौँ । अब उहाँले पनि बुझिदिनुपर्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com