विश्वकै ठूलो बेइजिङ विमानस्थलमा अनुहार चिन्ने प्रविधी जडान हुने


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

उच्च सुरक्षा सतर्कताका लागि बेइजिङको नयाँ विमानस्थलमा फेसियल रिकग्निसन (अनुहार चिन्ने) प्रविधी अपनाइने भएको छ।

चर्चित डिजाइनर जहा हादिदले विश्वकै ठूलो मानिएको बेइजिङको नयाँ विमानस्थल डिजाइन गरेकी हुन्। १२ खर्ब अमेरिकी डलर लगानीमा मध्य बेइजिङबाट ५० किलोमिटर दक्षिणमा निर्माण भइरहेको यो विमानस्थलबाट वर्षमा दश करोड यात्रुले सुविधा लिन सक्नेछन्।

यस विशाल विमानस्थलमा सीसी टिभीले यात्रुहरुको मुहार हेरेर उनीहरुको परिचयको तथ्यांक राख्ने प्रविधी प्रयोगमा ल्याउन लागिएको हो। यो प्रविधीले प्रत्येक व्यक्तिको परिचय खुलाउने भएकाले गलत आचरण भएका मानिसहरु विमानस्थलमा नकारात्मक कार्य गर्नबाट सचेत हुनेछन्।

बेइजिङको निर्माणाधिन नयाँ विमानस्थल

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यात्रु तथा विमानस्थल सुरक्षाका लागि प्रयोगमा ल्याउन लागिएको फेसियल रिकग्निसन प्रविधीले विभिन्न घटनामा संलग्न मानिसहरु पहिचान गर्न मद्दत गर्नेछ। नयाँ प्रविधीको विकास र आविस्कार सम्बन्धी कामगर्दै आएको चिनियाँ प्रख्यात संस्था यिटुले जहा हादिदद्वारा डिजाइन गरिएको विमानस्थलमा यो प्रविधि प्रयोगमा ल्याउनेबारे बोलाबोलमा जाने तयारी थालेको छ।

चिनियाँ बजारमा यिटुको प्रतिस्पर्धी मानिएको सेन्स टाईम ग्रुपले समेत यस परियोजनामा बोलाबोल गर्ने तयारी गरेको साउथ चाइना मर्निङ पोष्टको रिपोर्टमा जनाइएको छ।

विमानस्थलका सम्पूर्ण गतिविधी क्यामराले निगरानी गर्ने हुनाले प्रविधी प्रयोगमा आए विमानस्थलमा हुने चोरी सहित संभावित दुर्घटना टर्ने विश्वास लिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com