१२ वर्षमै बलात्कृत भएर १३ वर्षमा आमा बनेकी रबीनाको दर्दनाक कहानी


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पु¥याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय नावालिका देखि ७०/८० वर्षीय बृद्धालाई समेत बलात्कार गरेर हत्य गर्नेहरु पनि हाम्रै समाजमा छन् ।

यस्तै दर्दनाक घटना भोग्नुपरेको छ १९ वर्षीय रबीना बादीको जीवनमा पनि । रबीना बादी १२ वर्षको कलिलो उमेरमै बलात्कृत हुन पुगिन् । त्यसोत, उनी समाजका कारण १२ वर्षको कलिलै उमेरमा उमेरले आफु भन्दा १७ वर्ष जेठो बिनोद नेपालीसँग बिहे गर्न बाध्य भइन् ।

रबीना १३ वर्षकी हुँदा पहिलो सन्तानको रुपमा छोराको आगमन भयो ।

तर उनको श्रीमानको स्वभाव भने जनावरको जस्तो थियो । श्रीमान बिनोदले तीन दिनको सुत्केरी रबीनालाई पनि छाडेनन् । यसै क्रममा रबीनाले आफुलाई बचाउ गर्ने क्रममा श्रीमान बिनोदले टाउकामा ठुलो चोट पुग्नेगरी कुटे भने टाँकासमेत लगाउनु परेको थियो । सोही कारण अचेल धेरै सोच्न नसक्ने बताउँछन् रबीना ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रबीनाको छोरो पाँच महिनाको हुँदा श्रीमान बिनोद भने बिदेश सवार भए । तर रबीनाको जीवनमा कुनै पनि सुख थपिएन, पीडा मात्र थपिदै गयो । बिदेश पुगेका श्रीमानले रबीनालाई मन नपराउने भन्दै घर छोड्न धम्की दिन्थे । छोरो बिरामी परेको समयमा पैसा पनि पठाउँदैन थ्यो । उसले मलाई विभिन्न प्रकार युवतीहरुसँग बसेको तस्वीर पठाउने र ‘तिमी भन्दा राम्री केटी पाएकी छु । मेरो घर छोडिहाल’ लगाएतका मानसिक यातना दिईरहन्थ्यो ।

यसै कुरालाई बढाउँदै रबीनाले भनिन्, ‘मेरो छोरो त्यति धेरै बिरामी हुँदा मलाई सहयोग गरेनन् । पाँच वर्षसम्म मैले त्यस्तै समस्याहरुलाई झेलिरहेँ र छोरोलाई पनि सँगसँगै हुर्काए । त्यसपछि मलाई लाग्यो, अब म आफ्नो खुट्टामा आफै उभिनुपर्छ । मैले प्लस टु पास गरेकी गरिसकेकी छु । त्यसैले मैले काम गर्नु पर्छ ।’

बिनोदसँग नछुटिदै श्याम ओलीसँग अर्को बिहे

विनोद बिदेश गएको पाँच वर्षपछि रबीनाले श्याम ओलीसँग दोस्रो बिहे गरिन् । रबीनाका अनुसार श्यामसँग फेसबुकको माध्यमबाट बिहे भएको हो ।

बाँकी कुरा रबीनाको आफ्नै शब्दमा, ‘मैले फेसबुकमा फोटोहरु सेयर गर्थे । श्याम ओलीले मलाई मन पराउँथेछन् । म एउटा आरजेको रुपमा काम गर्थे । म आरजे भएको नाताले फेसबुकमा फोन नम्बर राखेकी थिए । त्यसै फेसबुकमा राखेकी फोन नम्बरबाट श्यामले मलाई फोन गरे र भेट्न भने ।

म एउटा विवाहित महिला हुँ । मेरो एउटा छोरो छ । यदि तपाई मिडिया पारखी नै हुनुहुन्छ भने मिडिया कार्यलयमै आउनुस् भने । उसले मलाई ‘विश्वास लाग्दैन भने मेरो आमालाई भेट्नु भने । मैले सोचे उसको आमालाई भेट्दा मेरो के नै जान्छर भन्ने सोचे, र उसको आमालाई भेटे । उसको आमाले मलाई एकदमै राम्रो गर्नु भयाmे मलाई राम्रो लाग्यो । म बिरामी हुँदा पनि हेर्न आउने, मलाई मिठो मिठो खानेकुरा ल्याईदिने गर्थिन् । र मेरो छोरालाई पनि एकदमै राम्रो गर्थिन् । त्यसरीनै कुरा अगाडि बढ्दै गयो ।’

यसरीनै कुरा अगाडि बढ्दै जाँदा श्यामकी आमाले रबीनालाई आफ्नो छोरा प्रहरी बन्न लागको बताएकी थिईन् तर छोरोको पहिल्यै बिहे भईसकेको कुरालाई भने लुकाएकी थिईन् । उनले थपिन्, ‘उसले मलाई आफ्नो छोराको पहिल्यै बिहे भईसेको भनेकी भए मैले सम्बन्ध अगाडि बढाउने थिइन ।’

यसरीनै रबीना र श्यामको बिहे पनि भयो । रबीनालाई लाग्थ्यो आफ्नो पहिलेको जीवन बिग्रेता पनि पछिल्लो जीवन राम्रो र सुखी हुदै गएको थियो । उनलाई राम्रो श्रीमान, सासु, नन्द पाएकीमा निकै हर्षित थिईन् । तर जब रबीनाको पेटमा दुई महिनाको बच्चा छ भन्ने थाहा भयो, उनीहरुले रबीनालाई सो बच्चालाई गर्भपतन गर्न लगाईयो ।

तर रबीनाले मानिनन् । पहिले रबीनाले २,३ लाख बैंक व्यालेन्स, सुन चाँदी काम गरेरै जुटाएकी थिइन् । त्यसैको लोभमा श्यामले उनलाई फसाएको आरोप लगाएकी छन् । अन्तमा आफु दलीत भएकै कारण आफ्नो पेटमा रहेको बच्चालाई खसाउन खोजिएको थाहा भएको बताएकी छन् ।

श्यामका परिवारले रबीनाको पेटमा भएको बच्चालाई खसाल्नका लागि भारत समेत लगियो । तर रबीनाले त्यहाँबाट पनि आफ्नो बच्चालाई बचाउन सफल भइन् भने अहिले जन्म दिनसमेत सफल भएकी छन् ।

यसरी जातको कुरालाई लिएर अलपत्र पारिएकी रबीनाले आफ्नो श्रीमान श्यामलाई एक पटक भेट्न आग्रह गरेकी छन्, भने छुट्टिनु परेपनि सल्लाहमै छुट्टिले बताएकी छन् । उनले भनिन्, ‘जात मैले बनाएको होइन् । मेरो पनि गल्ति हुनसक्छ तर जात मैले बनाएको होइन् । मेरो छोरोको जन्मदर्ता गर्नुपर्छ । पछि ठुलो भएपछि मेरो छोराले मेरो बाबा को हो भन्दा मैले के जवाफ दिने ? सोह्र वर्ष पुगेपछि नागरिकता चाहिन्छ, मैले कहाँबाट ल्याउने ?’

यी र यस्तै प्रकारका गुनासोहरु छन् रबीनाको श्याम प्रतिको गुनासो । उनले आफ्नो छोरोलाई एकपटक हेर्न आउन आग्रह गरिरहेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com