पहिलो पटक मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। लोकसभाकी सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षमा पहिलो पटक अविश्वास प्रस्तावलाई अनुमति दिएकी हुन् ।

मानसुन सत्रको पहिलो दिन बुधवार कांग्रेस र तेदेपाले अविश्वास प्रस्तावको सूचना दिएका थिए ।। यसबारे शुक्रवारको बैठकमा चर्चा हुनेछ ।

युपीए अध्यक्ष सोनिया गान्धीले भनिन्, ‘हामी तनावमा छैनौँ, मोदी सरकारविरुद्ध हामीसँग पर्याप्त सांसद छन् । संसदीय कार्यमन्त्री अनन्त कुमारका अनुसार सरकार पनि अविश्वास प्रस्तावको सामना गर्न तयार छ । उनले आफूहरुसँग दुई-तिहाइ बहुमत रहेकाले सजिलै जित्ने बताए ।

एनडीएका सहयोगी दलको कुल सांसदको संख्या ३१२ रहेको छ । जसमा बहुमतका लागि २७१ जना सांसदको आवश्यकता पर्छ । लोकसभामा अहिलेसम्म २६ अविश्वास प्रस्ताव पेश भएका छन् । लोकसभामा पहिलो अविश्वास प्रस्ताव सन् १९६३ मा जवाहर लाल नेहरू सरकारविरुद्ध आचार्य कृपलानीले पेश गरेका थिए ।

इन्दिरा गान्धी सरकारविरुद्ध सबैभन्दा बढी १५ पटकसम्म अविश्वास प्रस्ताव पेश भएको थियो । अहिलेसम्म पेश भएका २५ प्रस्तावमा ४ ध्वनिमतले खारेज भएका छन् । बाकीमा मतदानबाट निर्णय लिइएको थियो । एनडीए सरकारविरुद्ध पहिलो अविश्वास प्रस्ताव सन् १९९९ मा अटल बिहारी बाजपेयी प्रधानमन्त्री हुँदा पेश भएको थियो । त्यो बेला एक भोटले बाजपेयी सरकार ढलेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com