ससुराको हत्या गर्ने ठूलीमायालाई जन्मकैद


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो ।

ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।

हत्यामा संलग्न बुहारी ठूलीमायालाई सर्वस्वसहित जन्मकैद तथा नातिनी १५ वर्षकी मनितालाई ५ वर्ष कैद फैसला गरेको हो ।

नातिनीको हकमा भने बालिग रहेको कारण दुइवर्ष मात्र कैद तोकिए पनि बालिका भएको भन्दै अदालतले फैसला स्थगन गरेको छ ।

हत्याको खबर आएपछि बकैयास्थित हात्तिसुँडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएको भन्दै बुहारी ठूलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिइएको थियो ।

हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको सिलसिलामा विदेशमा छन भने ३ जना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ ।

ठूलीमायाले ससुराको हत्या गर्ने क्रममा उनका श्रीमान भने विदेशमा थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com