Follow @khasokhasmag

आकष्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

१९ दिनदेखि जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकष्मिकबाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो ।

संघले केसीको समर्थनमा बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको हो । केसीले उठाएका मागबारे सरकार गम्भीर नभए देशभर अनिश्चितकालीन हड्तालको चेतावनी पनि दिएको छ ।

संघले केसीको पक्षमा बुधबार मध्यान्ह १२ बजे राजधानीको माइतीघर मण्डलामा प्रदर्शन पनि गर्ने जनाएको छ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com