भन्सार विभागका महानिर्देशक राया अर्थ तानिए


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

भन्सार विभागका महानिर्देशक तोयम रायालाई अर्थ मन्त्रालय तानिएका छन्।

उनी चार महिना अगाडि महानिर्देशककाे रूपमा विभाग गएका थिए। कर्मचारी फेरबदल गर्ने क्रममा बजेट महाशाखाका सहसचिव निर्मल हरि अधिकारीलाई भन्सार विभाग पठाउन लागिएकाे स्राेतले बतायाे।

अर्थमन्त्रालयले अन्तर मन्त्रालय सरुवा गर्दै रायालाई भन्सारमा सरुवा गरेको चार महिनामै फिर्ता गरेको हो। उनलाई अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाको प्रमुख बनाइने अर्थ स्राेतले जानकारी दियाे।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अर्जुन पोख्रेल गृह मन्त्रालयमा सरुवा भएका छन्। उनले अाफूले पत्र पाइ नसकेकाे नेपालखबरलार्इ बताए। यसैगरी रक्षा मन्त्रालयका बलराम रिजाल र उपराष्ट्रपति कार्यालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा सरुवा भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिजाल र पुडासैनी अर्थमा हाजिर भइसकेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com