करारवाला कर्मचारीको अवधि तीन महिना थपियो


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

सरकारले सचिवस्तरीय बैठक गरी सोमबार करारका कर्मचारीको तीन महिना समय अवधि थप गरेको छ । करार कर्मचारी आन्दोलनका संयोजक भुपाल रसाइलीले सरकारले सोमबार तीन महिना समय अवधि थप गर्ने निर्णय गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको जानकारी दिए । त्यसपछि पनि उचित रुपमा व्यवस्थापन नगरिए कडा आन्दोलन थाल्ने उनले बताए ।

लामो समय कार्यरत करार कर्मचारीको रोजीरोटी खोस्न नपाइने भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने र रोजीरोटी खोस्न नपाइने उनीहरुको माग छ । आन्दोलनका संयोजक भुपाल रसाइलीले हिजो मन्त्रालय र कार्यालय सञ्चालनमा सहयोग पु¥याउन भने करारका कर्मचारी भर्ना गर्ने अनि अहिले एक्कासी बिदा गर्न खोज्नु अन्याय भएको बताए । ‘कि त हामीलाई गरिरहेकै दिनुपर्छ, नत्र उचित विकल्प दिनुपर्छ’, उनले भने ।

सरकारले प्रशासनिक पुनर्संरचना अन्तर्गत विभिन्न मन्त्रालय, विभाग, आयोग कुनै समायोजन र कतिपय खारेजमा परेपछि करार दरवन्दीमा कार्यरत कर्मचारीहरु मारमा परेका हुन् ।

प्रशासनिक पुनःसंरचनामा स्थायि कर्मचारी स्थानीय तहसम्म खटाउने काम भएपनि करारका कर्मचारी अहिले अलपत्र परेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव सुरेश अधिकारी मन्त्रालय विभाग, आयोगहरु गाभिने र खारेजमा परेपछि करारका कर्मचारीहरु कामविहीन भएको बताउँछन् । उनीहरुका लागि सरकारले तलब विनियोजन नगरेको उनले बताए । करारका धेरै दरबन्दी काटिएकाले अब यसरी कर्मचारी भर्ना पनि नगरिने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निजामती ऐन अनुसार ०५५ सालयता श्रेणीविहीन तहमा स्थायी पदपूर्ति गरिँदै आएकोमा २०६२ ÷०६३ साल यता स्थायी पदपूर्ति गर्नुको साटो करारमा भर्ना लिन थालिएको हो ।

‘स्थायी दरवन्दीबाट पूर्ति हुन नसकेका पदहरु करारबाट पूर्ति गर्ने व्यवस्था अहिले पनि छ । तर हिजो करारका कर्मचारी धेरै भएकाले अहिले व्यवस्थापनमा समस्या परेको हो’, सह–सचिव सुरेश अधिकारीले भने । लामो समय काम लिइसकेपछि त्यतिकै करारका कर्मचारी हटाउनु अन्याय भएकाले सरकारले केही व्यवस्था गर्नुपर्ने अधिकारी बताउँछन् ।

आधिकारीक टे«ड युनियनले पनि अहिले उनीहरुको आन्दोलनलाई साथ दिएको छ । लामो समय काम गरेका करारका कर्मचारीलाई विशेष व्यवस्थाको व्यवस्था गरी खुसी साथ विदा गर्न सरकारलाई दवाव दिने पक्षमा युनियन उभिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com