क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। ३४ वर्षीय गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

गाैचनले इङ्ल्याण्डको लर्डसमा नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय प्रतियाेगिता अाफ्नाे जिवनकाे अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए।

नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै सन्यासको घोषणा गरेका हुन्। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्। लड्सबाट फर्किएपछि नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। शक्तिको बिदाई गर्न घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ।

‘एक दिवसीय मान्यता दिलाए सन्यास लिन पाउनु मोरोलागी सुखद अवसर हो’, उनले भने ‘अबका पीँढिले टेस्टम्याच खेलेर विदा लिन पाउनु भन्ने लागेको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका शक्ति ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन्। उनले इटालीविरुद्ध २००५ मा भएको विश्वकप छनोटमा १०६ रन बनाएका थिए। शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन।

त्यसअघि उनले सन् २००१ मा अन्डर –१७ बाट क्रिकेट करियर सुरु गरेका थिए। शक्तिले २००२ मा उनले न्युजिल्याण्डमा भएकाे अन्डर नाइन्टिन विश्वकप खेलेका थिए।

शक्तिले राष्ट्रिय टोलीबाट खेल्दा सधै उच्च खेल प्रदर्शन गर्दै आएका छन्। उनी नेपालले पाएका हरेक सफलताका प्रतिक हुन्। पछिल्लो समय शक्तिको स्थान युवा लेग स्पिनर सन्दिप लामिछानेले लिदै आएका छन्।

शक्तिको जन्म सन् १९८४ अप्रिल २२ मा रुपन्देहीमा भएको थियो। रुपन्देहीमा जन्मिएपनि शक्तिले क्रिकेटको सुरुवात भारतको कोलकाताबाट गरेका थिए। शक्तिले कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com